• ध च गोतामे
  • बिप्लबी
  • घुमिफिरी बन्दीपुर

News & Updates


  • प्रा.डा.गणेश छेत्रीद्वारा लिखित गैर्-आख्यान बिधाको समाजवाद र समृद्धि नामक पुस्तक सार्वजनिक

    Dated on: 2021-01-01

  • सुस्मा रानाहँमाद्वारा लिखित आमाको तासफोटो नामक कविता बिधाको पुस्तक सार्वजनिक

    Dated on: 2021-01-01

  • घुमीफिरी बन्दीपुर पुस्तक सार्बजनिक

    Dated on: 2017-09-13

    घुमीफिरी बन्दीपुर २०७४ भाद्र २५ गते बिमोचन भएको छ I चीज कुमार श्रेष्ठले लेख्नु भएको कृति उहाको आफ्नो संस्मरण हो I पुस्तकलाइ लेखक पत्रकार यग्यसले सम्पादन गर्नु भएको हो I २९७ टेक्स्ट र १६ पृष्ठ फोटो रहेको पुस्तक को मूल्य ३९५ छ I

     

  • ध च गोतामेका सात कृति फिनिक्सबाट

    Dated on: 2017-09-13

    लेखक ध.च गोतामेका सात कृति उत्तरोत्तर, संज्ञा सर्वनाम, घामका पाइलाहरु, तिन बास, सम्झनाका गल्छेडाहरु, कालान्तर, यहाँदेखि त्यहाँसम्मलाइ फिनिक्स बुक्सले एक साथ नया स्वरुपमा बजारमा ल्याएको छ I 

     

  • फिनिक्स बुक्सको अफिसियल बेवसाइट सार्बजनिक

    Dated on: 2017-03-03

    आज (२०७३ साल फागुन २०) बाट यस फिनिक्स बुक्सको अफिसियल बेवसाइट सार्बजनिक भएको छ । हामीसँग जोडिएका सुचना र जानकारीहरु सहित यस बेवसाइटमा भेटिनेछौं । यो मुलतः पाठकहरुको हित र सहजतालाई मध्यनजर गर्दै सार्बजनिक गरिएको हो । फिनिक्स बुक्स सँग जोडिएका हरेक बिषयवस्तुहरु हामी यस बेवसाइट मार्फत प्रस्तुत गर्ने छौं । 

    नेपाली साहित्यलाई परिस्कृत र खोज अनुसन्धानमुलक बनाउने बाटोमा हामी छौं । यसक्रममा नेपाली साहित्यसँग जोडिएका सवाल र सुचनाहरु हामी प्रकाशित गर्दै जानेछौं । 

    हामी नयाँ प्रयोगमा छौं । हामी नयाँ दृष्टिकोण र मान्यता सहित उपस्थित भएका छौं । यस बेवसाइट र हाम्रो यस संस्थाप्रति तपाईंहरुको राय, सुझावहरुको पखाईमा छौं । 

  • बिमोचन

    Dated on: 2017-03-03

    श्याम सिंघक द्वारा लिखित उपन्यास ‘रेमिटल्याण्ड’ यहि फागुन ३० गते सोमबार मण्डला थियटरमा बिमोचन हुँदैछ । उक्त कार्यक्रममा तपाईंहरु सम्पुर्णको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं । 

  • ‘पारिजात सम्पुर्ण रचनाहरु Volume 1-6 ’ सार्बजनिक

    Dated on: 2017-03-03

    ‘पारिजात सम्पुर्ण रचनाहरु Volume 1-6 ’ र स्वप्निल स्मृति द्वारा लिखित कविता सङ्ग्रह ‘बाडुली र सुदुर सम्झनाहरु’ यहि मिति २०७३ साल फागुन ३० गतेबाट बजारमा सार्बजनिक हुने भएको छ । अन्य सुचनाहरुको लागि हामी सँगै जोडिइरहनुहोला ।